HIDDEN FACTS

3.कंकाली बनमा नयाँ कार्यसमिति पधातिकारीहरु चयन का लागि चुनाब हुने..

यस श्री कंकाली बनको कार्यसमिति पधातिकारी चयनका लागि चुनाब हुने भएको छ....राममणि न्यौपाने को अध्यक्क्षतामा रहेको निबर्तमान कार्यसमितिको कार्यकाल सकिएपछि ३ सदस्यीय निर्णायक मण्डल चुनिएको थियो जसको काम सबै पार्टीलाई बिस्वासमा लिएर पधातिकारी चयन गराउनु  थियो तर आजको मिति सम्मपनि निर्णायक मण्डलले सहमति जुटाउन नसकेपछि आज मिति ०७०/०४/०५ मा बसेको  सर्बदलीय बैठकले टुंगो लगाउने सहमति थियो  तर फेरीपनि पधातिकारी चयन हुन नसकेपछि चुनाब हुने भएको हो ... बिसेस गरि अध्यक्क्ष पदका लागि सबैदलको हानाथाप भएकाले पनि यसो भएको हो भनेर बिस्लेसण गरिएको छ..माओबादी सम्बद्द एक जना नेताका अनुसार अध्यक्क्ष पद हामीलाई र अन्य पद कांग्रेस, एमालेलाई भन्दा पनि उहांहरु मान्नु भएन भनि हामीलाई जानकारी गराउनु भएको थियो ..चुनाब यहि मिति ०७०/०४/२६ मा सम्पन्न गराउने गरि आजको बैठक सकिएको हो  





2.साधारण सभा फेरी स्थगन (भिडियो सहित )


श्री कंकाली बन उपभोक्ता समूहको मिति ०७०/०३/०१ गर्ने भनीएको साधारण सभा उपभोक्ता को ५१ प्रतिसत उपस्थिति नहुँदा स्थगन भएको छ ....उक्त सभा पुन मिति ०७०/०३/०८ शनिबार भएको थियो तर यसपटक झन् अगिल्लोमा भन्दा पनि कम उपभोक्ताहरु उपस्थित भैदीदा पुन स्थगित हुन पुगेको हो...जसकारण कार्य समिति समस्यामा परेको देखिन्छ...बिधान अनुसार यदि कार्यसमितिले  असार मसान्त  भित्र साधारण सभा गराउन सकेनन भने उनीहरु ले निर्माण गरेको कार्ययोजना ६९/७० पनि पास नहुने र अर्को प्रक्रियामा जानु पर्ने बताईएको छ...
सनिबार को भेला ले कार्यसमिति लाई असार १५ गते भित्र जसरि भएपनि ५१ प्रतिसत उपभोक्ता को उपस्थिति मा साधारण सभा सम्पन्न गराउनु पर्ने बाध्यकारी स्तिथि को म्यान्डेड दिएका छन....

उक्त साधारण शभा स्थगन को भिडियो हेर्नुहोस..





1.किन हुन सकेन पिकनिक स्पोटको सोचेअनुरुप को बिकाश..

पिकनिक स्पोट, जुन कंकाली जंगलको प्रमुख आयस्रोत को रुपमा रहेको छ, यो अहिलेको भन्दा बिकसित गर्न सकिन्थ्यो तर यो हुन सकिरहेको छैन आखिर किन??
हामीलाई थाहा छ अहिलेको कंकाली स्पोट को जुन रुप छ त्यो पहिले केवल एउटा नाङ्गो रतोमाटे डाँडो मात्र थियो...तर मनिषमा दृष्टिकोण, र कामगर्ने इच्छासक्ति भयो भने  ढुंगामा पनि फूल फुलाउनसक्छ ..आज भन्दा ५-६ वर्ष पहिलेको कुरा हो संबिधान शभा को निर्वाचन पुर्ब जब तत्कालिन माओबादी राज्य राजनीतिको मुलधारमा आयो उनीहरुको पहिलो face off अन्य राजनीतिक दलहरु संग यहि जंगलको कार्य समितिको निर्वाचनमा भएको थियो जसमा माओबादीका सम्पूर्ण व्यक्तिहरु निर्वाचित भएका थिए....मलाई सम्झना भए सम्म रबि अधिकारी अध्यक्क्ष र जित बहादुर भट्टराई सचिबमा निर्वाचित भएका थिए....तत्पश्चत यो रातोमाटे डाँडोको मुहार अहिले को अवस्थामा पुगेको हो ....
स्विम्मिग पूलको निर्माण टहराहरु को निर्माण र अन्य भौतिक संरचनाहरु को निर्माणमा यो कार्यसमितिले खेलेको भूमिका प्रसंसनिय भएता पनि उपभोक्ता हरुले जुन सहुलियत दरमा काठ पाउनुपर्ने थियो त्यस्मा भने खासै ध्यान नदिएको पाइयो....
कंकाली बन को बिधान अनुसार प्रत्येक कार्यसमितिको आयु ३ वर्षा को हुने प्राबधान छ.... रबि अधिकारी र जितबहादुर को पनि कार्यकाल ३ वर्ष नै हुने भयो...त्यसपछि फेरी यो जंगलमा निर्वाचन भएको थियो यद्यपि यो पटक भने माओबादिहरु निर्वाचित भएन किनभने यो बेलामा कांग्रेस र एमाले ले आफ्नो अस्तित्त्वोलाइ कायम राखन संयुक्त रुपमा प्यानल खाडा गरेका थिए ...... यसपटक अध्यक्ष्य मा राममणि न्यौपाने र बरिस्ठ उपाध्यक्ष्य बेद बहादुर अधिकारी निर्वाचित भए, अरुको नाम मैले लिइन किनभने उनीहरु यहाँ केवल गोटीको रुपमा मात्र प्रायोग गरिएका छन...जसकारण कांग्रेश एमाले बाटै निर्वाचित कार्यसमिति सचिब ले राजिनामा दिइसकेका छन्...
कर्मचारीहरुको लाथालिंगता कार्यसमितिका पधाधिकारीहरुनै कर्मचारीहरुसंग बडी घुलमिल गरि भट्टीमा संगै रक्सि खान जाने प्रवृति, दुर दृस्टीकोण को कमि ले गर्दा बिकाश त परै जावोस भएका संरचनाहरु पनि सत्यनास हुने क्रममा रही आएको छ...
त्यो भन्दा पनि खतरनाक कुरो जब एक अर्कामा राजनीतिक ego बढ्छ तब सबकुरो तहस नहस हुँदो रैछ..
यहाँ एक ले अर्कालाई चोर भन्ने प्रबिर्तिले गर्दा, एक ले अर्कालाई निषेध गर्दा र वास्तविक रुपमा  आन्तरिक रुपमा बिकाश गर्ने भावना  पैदा नभैरहदा यो इस्थिती आइरहेको रहेछ...
if you have any comments and responses regarding the post then you may leave it directly to our official  facebook page here

No comments:

Post a Comment